नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संस्थाहरुले वर्गिकरण गर्दै आएको छ । जसका लागि नेप्सेले तोकेको ढाँचामा फारमभरी, कम्पनीको क्रेडिट रेटिङ गराएको मिति र अवधि उल्लेखगरी आगामी माघ १५ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप ‘एु’ ‘बि’ ‘जि’ र ‘जेड’ गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ ।
धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया