नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने विश्व बैंकको प्रक्षेपण

0
Shares

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले मंगलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको नयाँ प्रक्षेपण गरेको हो । जसमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० र २१ मा ०.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

यस अघि गत चैत्रमा पनि विश्व बैंकले सार्वजनिक गरको प्रक्षेपणमा पनि नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत नै हुने अनुमान गरेको थियो । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्ष २०७६ /७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमै सीमित रहेको विश्व बैंकले उल्लेख गरेको छ । कोरोनाको महामारीका कारण आर्थिक बृद्धिदरमा ठूलो गिरावट आउने प्रक्षेपण विश्व बैंकको छ ।

विश्व बैंकले सन २०२१ मा विश्व अर्थतन्त्र ४ प्रतिशतको बढ्ने उल्लेख गरेको छ ।विश्व बैंकले कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अनुमान गरेको छ । सन २०२० मा विश्व अर्थतन्त्रमा ४.३ प्रतिशतले गिरावट आएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।