दुई वाणिज्य बैंकसहित दश कम्पनीको साधारण सभा आज सम्पन्न हुँदै

0
Shares

पुस २७ गते (सोमबार) दुई वाणिज्य बैंकसहित दश कम्पनीको साधारण सभा सम्पन्न हुँदैछ ।

आज एभरेष्ट बैंक, हिमालयन बैंक , माउन्टेन हाइड्रो नेपाल, माउन्टेन इनर्जी नेपाल , मितेरी डेभलपमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनएमवि लघुवित्त , छ्याङ्दी हाइड्रोपावर र समृद्धि फाइनान्सले साधारण सभा सम्पन्न हुँदैछन् ।

एभरेष्ट बैंकको साधारण सभा बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिबाट गत आवको नाफाबाट प्रस्तावित १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसअनुसार बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि छ ।

हिमालयन बैंकले आज २८ औँ साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा बिहान ११ बजे भर्चुअल माध्यमबाट संचालन हुँदैछ । सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश सम्बन्धी प्रस्तावहरु स्विकृत गर्नेछ ।

माउन्टेन हाइड्रो नेपाललेए कैपटक दुई आर्थिक वर्ष (चौथो तथा पाँचौ) को वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको हो । कम्पनीले सभा मार्फत ७ सदस्यीय नयाँ सञ्चालक समिति चयन गर्ने भएको छ । सभा बिहान ११ बजे कालिमाटी ब्याङ्वेटमा आह्वान गरिएको छ ।

सभामा वर्तमान सञ्चालक समितिको कार्यकाल पूरा भएकाले कम्पनी ऐन अनुसार शेयरधनीहरु मध्ये संस्थापक समुहबाट १ जना महिला सहित ४ जना र सर्वसाधारण समुहबाट २ जना तथा एक स्वतन्त्र सञ्चालकको निर्वाचन गरिने कार्यतालिका छ ।

प्राइम लाइफ इन्स्योरेन्सलले तेह्रौ वार्षिक साधारण सभा डाकेको हो । सभा कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा भिडियो कन्फरेन्सको माध्यबाट बिहान ११ः३० बजे शुरु हुनेछ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ८ प्रतिशतका दरले नगद लाभांश पारित गर्नेछ ।

एनएमवि लघुवित्तले आठौँ साभारण सभा आह्वान गरेको हो । सभा होटल पोखरा ग्राण्ड , पार्दी विरौटा, पोखरा कास्कीमा ११ बजे डाकिएको छ ।
सभामा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश जारी गर्ने प्रस्ताव पारित गरिने छ ।

माउन्टेन इनर्जी नेपालले साधारण सभा सम्पन्न गर्ने भएको हो । सभा भाटभटेनी काठमाण्डौमा बिहान ११ बजे भर्चुअल माध्यमबाट संचालन गरिदै छ । सभामा सर्वसाधरण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको नियुक्ती गरिने छ

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकलेपनि १५ औँ वार्षिक साधारण सभा आजै सम्पन्न गर्ने भएको छ । बैंकले सुनसरी उधोग वाणिज्य संघ धरान १ सुनसरीमा साँढे १० बजे सभा आह्वान गरेको हो । सभामा आ.व. २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव स्विकृत गरिने छ ।

बोमखोला मिनि हाइड्रोपावरले तेस्रो साधारण सभा सम्पन्न गर्न लागेको हो । हाइड्रोपावरले हिमालयन बिस्ट्रो एण्ड थकाली , खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा बिहान ११ बजे सभा डाकेको छ ।

छ्याङ्दी हाइड्रोपावरले सातौँ साधारण सभा सम्पन्न गर्न लागेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय गैह्रीधारा काठमाण्डौमा बिहानको ११ बजे संचालन गरिदै छ ।  सभामा ०.२६३१५८ प्रतिशत नगद लााभांस र ५ प्रतिशत बोनस शेयर पारित गरिने छ ।

र समृद्धि फाइनान्सलेपनि १९ औँ साधारण सभा आजै डाकेको छ । फाइनान्सले होटल सामना हेटौँडा ४ मकवानपुरमा आज सबहानको ११ बजे सभा संचालन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको दुई बराबर एकको अनुपातले १ सय रुपैयाँ अंकित दरका २७ लाख २९ हजार ७५० कित्ता हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।