महिला लघुवित्तमा रोजगारीको अवसर

0
Shares

महिला लघुवित्तले नयाँ शाखाका लागि विभिन्न दुई पदमा केहि कर्मचारीको माग गरेको छ ।

लघुवित्तले वरिष्ठ सहायक (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केहि कर्मचारी माग गरेको हो ।

वरिष्ठ सहायक पदका दश जोड २ वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थाको न्यूनतम सहायक श्रेणीमा २ वर्षको अनुभव भएको हुनु पर्ने लघुवित्तले जनाएको छ ।

त्यस्तै कनिष्ठ सहायक प्रशिक्षर्थी पदका लागि एस.एल.सी. वा ए.स.ई.ई. परीक्षामा कम्तिमा १.६ जी.पी.ए. प्राप्त वा सो सरहको परीक्षा उत्तीर्ण हुनुपर्ने छ ।

इच्छुक योग्यता पुगेका १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ५ वर्ष थप) नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
लघुवित्तले पुस २७ गतेदेखि माघ १२ गते सोमबार सम्म दरखास्त दिन भनेकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।