हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

0
Shares

 

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गर्दै बैंकको अठ्ठाइसौं वार्षिक साधारण पौष २७ गते सोमबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।

यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास  गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको व्यहोरा सभा समक्ष व्यक्त गरेको छ ।

हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४ हजार २०० भन्दा बढी पोस टर्मीनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ । यस अबधिमा बंैकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सिमित गरिएको छ।

बैंकको बार्षिक साधारण सभा कोभिड-१९ को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।