मासिक ५०० बचत गरे पेन्सन, अनलाइन मार्फत पनि रजिष्ट्रेशन गर्न सकिने

मासिक ५०० बचत गरे पेन्सन, अनलाइन मार्फत पनि रजिष्ट्रेशन गर्न सकिने

नागरिक लगानी कोषले पेन्सन सुविधा प्रदान गर्ने योजनाको अनलाइन रजिष्ट्रेशन सुरु गरेको छ । सो योजनामा सहभागी हुनले मासिक न्यूनतम ५०० रुपैयाँ जम्मा गरेको, १५ वर्ष पुगेको र उमेर ६० कटेपछि पेन्सन पाउनेछन् ।

कोषको योजनामा सहभागी हुन चाहनेले नागकि लगानी कोषको वेवसाइटको 'इसर्भिस' मा गएर 'न्यू इ सर्भिस' मा 'लगइन' पछि पेन्सन योजना दर्तामा गई सहभागी हुन सक्छन् ।

यो योजनामा सबै नेपाली इच्छुक व्यक्तिहरु सजिलै सहभागी हुन सक्छन् । यस योजनामा आय आर्जन गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्छन् ।

बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्नु पर्छ । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पछि एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार १८ : ३२ बजे