सिभिल बैंकले घोषणा गर्यो लाभांश, ६७ करोड ३९ लाख लाभांश बाँड्ने

0
Shares

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको पुस २७ गते सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसअनुसार बैंकले चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४६ रुपैयाँ पुग्नेछ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।

 

अघिल्लो आव २०७५।७६ बाट बैंकले ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।