स्वावलम्बन लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

लघुवित्तको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई १९.००५५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो । उक्त लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले पुस २७ गते स्वीकृति दिएको हो ।

यसअनुसार लघुवित्तले शेयरधनीलाई १५ करोड ६ लाख ६१६ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ७९ लाख २६ हजार ३४८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।