लक्ष्मी बैंकमा तीन सञ्चालक निर्वाचित

0
Shares

लक्ष्मी बैंक (LBL) को पुस २८ गते मंगलबार सम्पन्न २० औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचित भएका छन् ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध पुननिर्वाचित गरेको छ ।

यसैगरी पुस २८ गते सम्पन्न सञ्चालक समितिको २३९ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी डा. मनिष थापालाई नियुक्त गरेको हो । थापाको सञ्चालक साधारण सभाबाट अनुमोदन भएको बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस पारितसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।