एभरेष्ट बैंकको लाभांश पारित, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई सञ्चालक निर्वाचित

0
Shares

एभरेष्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

बैंकको पुस २७ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालक निर्वाचित भएका हुन् ।

बैंकका कम्पनी सचिव सुरेश चापागाँईका अनुसार सभाले नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको बताए । साधारण सभाले आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक चयन गरेको हो ।

सोमबार सम्पन्न बैंकको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।