आरटीजीएस सिस्टमबाट मासिक १३ खर्बको कारोबार


रियल टाइम ग्रोस सेलमेन्ट(आरटीजीएस) प्रणाली मार्फत मासिक करिब १३ खर्ब रुपैयाँ बराबरको कारेबार हुने गरेको छ । भुक्तानी प्रणालीमा विषेश महत्व राख्ने आटीजीएस मार्फत कारोबार गर्नेको संख्या वृद्धि भएसंगै कारोबार रकममा पनि सुधार आएको हो ।

करिब १६ महिना अघि देखि सञ्चालनमा आएको आटीजीएस प्रणाली अन्तर्राष्ट्रिय दातृनिकाय डीफीडको सहयोगमा सुरु भएको हो । हाल यो प्रणालीमा ३७ बैंक तथा वित्तीय संस्थाहरु सहभागी छन ।

अन्तर्राष्ट्रिय दातृनिकाय डिफिडको सहयोगमा एक्सेस टु फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा नेपाल राष्ट बैंकमा सञ्चालनमा रहेको आटीजीएस प्रणाली ठुला खालका भुक्तानीका लागि अझै बढी प्रभावकारी मानिन थालेको छ । बैंकमा सञ्चालनमा रहेको आटीजीएस प्रणाली र मोडुलर डाटा सेन्टर शुक्रबार देखि औपचारीक रुपमा नेपाल राष्ट्र बैँकमा आएको छ ।

शुक्रबार सक्षमले नेपाल राष्ट्र बैंकलाइ आटीजीएस प्रणाली र ठाटा मोडुलर हस्तान्तरण गरेको हो । यूकेएडका टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकले भुवन कडेलविच आटीजीए हस्तान्तरण प्रमाणपत्र आदान प्रदान समेत भएको छ । त्यसैगरी माडुलर डाटा सेन्टर पनि निर्मल दाहालले राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीलाइ हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा उपस्थित नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि युकेएडले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेको बताए । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै सो प्रोजेक्टले ले डुइङ बिजनेसमा इन्डेक्समा नेपालको श्रेणी बढाउन सहयोग गरेको जानकारी दिए । डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत यूकेएड बाट यस किसिमको सहकार्य रहने अपेक्षा अधिकारीले व्यक्त गरे ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।