बैकिङ कसूर मुद्दाका फरार ३ प्रतिवादी पक्राउ

0
Shares

बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका ३ जना प्रतिवादी पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका उनिहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका २ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।

पक्राउमध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका ८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले आफ्नो खातामा रकम छैन भन्ने जानी जानी बिभिन्न बैंकका चेकहरु काटेर पीडितलाई दिएकाले उक्त कार्य बैकिङ कसूरजन्य अपराध ठहर भएको प्रहरीको भनाई छ ।

उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।