महुली लघुवित्तमा रोजगारीको अवसर

0
Shares

महुली लघुवित्तले अस्थायी, स्थायी र करार सेवामा कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा अनुगमन कार्यालयका लागि केही कर्मचारीको माग गरेको हो ।

लघुवित्तले सूचना व्यवस्थापन विभागमा १ जना अधिकृत, वित्त व्यवस्थापन विभागमा अधिकृत १ जना, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागका लागि अधिकृत १ जना, त्यस्तै विभागिय सहायक, प्रदेश, अनुगमन कार्यालय र व्यवस्थापन प्रशिक्षार्थी पदहरुका लागि आवेदन खुलाएको हो ।

सम्पूर्ण पदका लागि कम्प्युटर राम्ररी चलाउन सक्ने, कार्यकारी श्रेणीका लागि २५ पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणी र व्यवस्थापन प्रशिक्षर्थीका २१ वर्ष पुरा भई ४० ननाघेको (महिलाको हकमा थप ५ वर्ष), योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ २१ गते कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त फारम महुली लघुवित्तको केन्द्रीय कार्यालय तथा सबै शाखा कार्यालयहरु वा संस्थाको वेबसाइटबाट प्राप्त गर्न सकिने लघुवित्तले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।