अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुद्रा र पूँजी बजार सम्बन्धमा अध्ययन गर्न गठित समितिले सिफारिस गरेका ५८ बुँदामध्ये बाँकी रहेका कामहरु तत्काल थाल्ने प्रतिबद्धता जनाएका छन् ।
पूँजी बजार बिकास अभियानले ५८ बुँदे मध्येका पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बन्धित १८ वटा कामहरु तत्काल नभए फागुन १ गतेदेखि आमरण अनशन शुरु हुने जानकारी गराएपछि मन्त्री पौडेलले सो प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार पूँजी बजार बिकास अभियानका संयोजक तिलक कोइरालाले सिंहदरबारमा अर्थमन्त्री बिष्णु पौडेललाई भेटी ५८ बुँदे मध्येका पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बन्धित १८ वटा कामहरु तत्काल नभए फागुन १ गतेदेखि आमरण अनशन शुरु हुने जानकारी गराएका थिए।
सरकार र नियमनकारी निकायहरुले दुई बर्ष अर्थात २०७५ सालमै पूरा गर्छु भनी बाचा गरेका कामहरु नहुँदा पूँजी बजार उच्च जोखिममा परेको भन्दै पूँजी बजार विकास अभियानले आमरण अनशनको घोषणा गरेको कोइरालाले बताए ।
पूँजी बजार विकास अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले भने, ‘तपाइले धेरै महत्वपूर्ण कुराको ध्यानाकर्षण गराउनुभयो, मेरो पनि कार्यसूची यही हो, राजनीतिक कारणले केही ढिला भए पनि अब तत्काल कदम चाल्छु।’
अर्थ मन्त्रालयले डेपुटी गभर्नरको संयोजत्कवमा गठन गरेको मुद्रा र पूँजी बजार सम्बन्धमा अध्ययन गर्न गठित समितिले समय तालिका र जिम्मेवार निकाय तोकी सिफारिस गरेका ५८ बुँदे सुझाव मध्ये पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित र अति महत्वपूर्ण १८ कामहरु नभएको भन्दै कोइरालाले अर्थमन्त्रीलाई लिखित रुपमा ध्यानाकर्षण गराएका छन् ।
अर्थमन्त्री पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको भन्दै सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका कोइरालाले बताए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया