उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमले आज पूर्णता पाउँदै, १४ सदस्यीय कार्यसमिति बनाइने


FILE PHOTO

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक पूँजी बजारलाई समेट्दै गठन गरिएको फोरम कार्यसमितिले शुक्रबार पूर्णता पाउँदैछ । नेपाल उद्योग उद्योग वाणिज्य महासंघमा एक कार्यक्रमका बिच शुक्रबार संयोजक सहित १४ सदस्यीय कार्यसमिति चयन भएको उद्घोष गर्ने कार्यक्रम छ ।

यस अघि नै फोरमको संयोजकको जिम्मेवारी नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवं सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पाइसकेका छन् । महासंघको सदस्यमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका पौडेलको पहलमा पहिलो पटक महासंघमा यस्तो फोरम गठन भएको हो ।

शुक्रबार कार्यसमितिका बाँकी १३ जनाको नाम सार्वजनिक गर्ने तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पूँजीबजारको विकास र बिस्तारका लागि सक्रिय रुपमा काम गर्ने किसिमले फोरमको संरचना बिस्तार गर्ने प्रतिबद्धता यस अघि पौडेलले जनाएका थिए । बजार सुधारका लागि आवश्यक नीति निर्माणका लागि सम्बद्ध पक्षसँगको सहकार्यलाई फोरमले केन्द्रमा राखेर अघि बढ्ने फोरम संयोजक पौडेलको भनाई छ ।

उद्योग वाणिज्य महासंघमा पहिलो पटक गठन भयो पूँजी बजार समेट्ने फोरम, अम्बिका पौडेल सभापति

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।