एकै ब्यक्तिबाट १० फर्म खोलेर एक अर्ब चार करोड राजश्व चुहावट

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बील प्रयोग गरी एक अर्ब बढी कर छली गर्ने ७ जना मतियार विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

आयोगले एकै व्यक्तिको नाममा १० वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला गोडैता नगरपालिका सरोजकुमार मिश्र लगायत मतियार ७ जना विरुद्ध एक अर्व ४ करोड ४४ लाख ९९ हजार ७२८ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई मुद्दा दायर गरेको हो।

आयोगले प्रोकरस इन्टरनेश्नल, आर. के. एस.इन्टरनेश्नल, अनन्या इन्टरनेश्नल, इन्टरसिटी इन्टरनेश्नल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स,राज एण्ड किशोर इन्टरनेश्नल, स्विफ्ट इन्टरनेश्नल नामक फर्महरुका खाता संचालक सरोज कुमार मिश्र र कर विजकको कारोवार गर्ने जय किशोर शाह र परमेश्वर शाह विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुले नक्कली फर्महरु खडा गरि वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली भ्याट बिल मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको आयोगले जनाएको छ।

त्यस्तै आयोगले लेखापरक्षिण कार्यमा कागजातहरू तयार गरी झुठ्ठा तथा नक्कली कर विजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परिक्षण गरी कर छलीमा सहयोग गर्ने कर सहयोगीहरु गंगा प्रसाद भट्टराई, रमेश घिमिरे, तोयनाथ अधिकारीलाई तथा लेखा परिक्षकहरु सुरेन्द्र कुमार इङ्गनाम, टंक राउत, दीपक निरौला दीपक कुमार कोइरालालाई मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १८ : १० बजे