प्रि-ओपनिङमा ४५ मध्ये २८ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से १९ अंकले बढ्यो


बिहीबार बिहान १५ मिनेटको प्रि ओपनिङमा २८ कम्पनीको शेयर मूल्य बढेको छ ।

कुल ४५ कम्पनीको शेयर कारोबार भएकोमा ७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

धेरै कम्पनीहरुको शेयर मूल्यमा आएको सुधारसँगै बजार परिसुचक नेप्से १८.९८ अंकले बढेर २४६०.८३ अंकमा उक्लिएको छ ।

बिहीबार प्रि ओपनिङमा कम्पनीका २६ हजार ३६६ कित्ता शेयरहरु १ करोड ५ लाख ७३ हजार ६५० रुपैंयामा किनबेच भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।