राष्ट्रिय वाणिज्य बैंकको नाफामा २१ प्रतिशतको गिरावट, चार बैंकले उछिने

0
Shares

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (RBB) को खुद नाफा २१ प्रतिशतले घटेको छ । शुक्रबार प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७४ करोड ८८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा बैंकले २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा ४६ करोडले घटेको हो । गत पुसको तुलनामा खुद ब्याज आम्दानी अर्ब करोड १५ करोड घटेसँगै बैंकको खुद नाफामा उच्च गिरावट आएको हो ।

यसअघि वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्दै आएको बैंकलाई पुस मसान्तसम्ममा ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंकले खुद नाफामा जितेका छन् । खुद नाफामा आधारमा वाणिज्य बैंक पाँचौं नम्बरमा परेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ९१ करोड २ लाख रुपैयाँ कमाएको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६४ करोड ९८ लाख रुपैयाँ घटेर २ अर्ब ४१ करोड ५६ रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८० करोड ४४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी नाफा घटेसँगै १०.२३ रुपैयाँले घटेर ३८.८४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ६० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार  ०९ : २० बजे