चिलिमे हाइड्रोको बोनस र नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे हाइड्रोपावरको बोनस शेयर तथा नेपाल फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ ।

चिलिमेको ५७ लाख ९ हजार ७६२.२५ कित्ता बोनस शेयर तथा नेपाल फाइनान्सकोे १६ लाख ९७ हजार कित्ता हकप्रद सूचिकृत भएको हो ।

चिलिमेले गत आवको नाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) वितरण गरेको थियो । सोही बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो ।

पुस १२ गते सम्पन्न भएको चौबिसौँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले नगद लाभाशं भने शेयरधनीको बैंक खातामा पठाइसकेको छ । यो सँगै लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

त्यसैगरी, नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्रि गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।