चन्द्रागिरी हिल्स र इन्फ्रास्ट्रक्चर बैंकको कतिमा खुल्ला नेप्सेमा पहिलो कारोबार ?

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर यस साता सूचीकरण भई आगामी साताको सुरुवातदेखि कारोबारमा ल्याउनेगरी तयारी गरेका छन् । यद्यपी नेकपाबाट विभाजित पुष्पकमल दाहालर माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालका कारण सूचीकरण कार्य समेत प्रभावित बनेको छ ।

चन्द्रागिरीको आईपीओ सिडिएस एण्ड क्लियरिङ्गले गोलाप्रथाबाट शेयर प्राप्त गरेका १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । जसमा २ जनाले ११ र बाँकीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए । उता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सूचीकरणका लागि सिडिएससीमा प्रकृयामा नै रहेको छ ।

आईपीओ सूचीकरणको प्रक्रिया छिटो टुङ्ग्लाउन लागेको दुबै कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यद्यपी इन्फ्रास्ट्रक्चर बैंकको भने आइतबारदेखि नै शेयर कारोबारमा आउने सम्भावना न्यून देखिएको छ । यद्यपी दुबै कम्पनीको शेयर आगामी साता कारोबारमा भने आउनेछ ।

  • कतिमा खुल्ला पहिलो कारोबार ?

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।

नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

चन्द्रागिरी हिल्सले प्रकाशन गरेको विवरण पत्र अनुसार लेखापरिक्षण गरिएको आर्थिक वर्ष २०७५÷०७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.६९ रुपैयाँ छ । जसका आधारमा चन्द्रागिरी हिल्सको पहिलो कारोबारका लागि न्यूनतम रेञ्ज ९६.६९ रुपैयाँ अधिकतम २९०.०७ रुपैयाँसम्म कारोबार रेञ्ज प्राप्त गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको विवरणपत्रमा आव २०७६।७७ को आन्तरिक लेखा परीक्षकबाट प्रमाणित गरिएको अपरिष्कृत वित्तीय विवरण रहेको र अघिल्लो आवको भन्दा ११.८४ रुपैयाँ कम भएकाले कम्पनीले अघिल्लो वित्तीय विवरणका आधारमा नै पहिलो कारोबारका लागि प्रकृया अगाडि बढाउने सम्भावना देखिएको हो ।

यसअनुसार चन्दागिरीको अधिकतम कारोबार रेञ्जमा खुला भए हिस्सको पहिलो कारोबार २९० रुपैयाँसम्म खुल्नसक्छ ।

उता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको गत आर्थिक वर्ष २०७६।७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११३.६२ रुपैयाँ छ । यस अनुसार बैंकको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँसम्म कारोबार रेञ्ज प्रदान गर्नेछ ।

यसअनुसार अधिकतम कारोबार रेञ्जमा खुला भए बैंकको पहिलो कारोबार ३४० रुपैयाँसम्म खुल्न सक्नेछ । यद्यपी कारोबार रेञ्जभित्र नेप्सेमा सूचीकरण भएको दोसे दिनमा स्पेशल प्रि ओपन सेसनमा जति मूल्यमा पनि पहिलो कारोबार खुल्छ सोही अनुसार हरेक कारोबार २ प्रतिशत र प्रतिदिन १० प्रतिशतसम्म घटबढ भई नियमित कारोबारमा आउने गर्दछ ।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।

उता इन्फ्रास्ट्रक्चर बैंकले कुल ८ करोड कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता माघ १६ गते शुक्रबार शेयर बाँडफाँड गरेको थियो ।

जसमा १० देखि ५० कित्ताम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै र ४ लाख ९२ हजार ७२ जना आवेदकलाई थप १० कित्ता गरी ६० कित्ता तथा बाँकी सदर आवेदकलाई पनि ५० कित्ताका दरले शेयर वितरण गरिएको हो । आइपीओमा आवेदन गरेका कुल १४ लाख ८१ हजार २८४ आवेदकमध्ये ६ हजार २७६ आवेदन रद्ध भई १४ लाख ७५ हजार ८ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।