सञ्चालन नोक्सानीमा रहेको सूर्योदय लघुवित्तले खुद नाफा पौने तीन करोड बाट साढे चार करोड पुर्यायो


सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ६० लाख ७० हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ७९ लाख ३७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

निष्कृय कर्जाको आकार बढेसँगै सम्भावित जोखिमका लागि ठूलो रकम व्यवस्थापन गर्दा लघुवित्त ३ करोड ९२ लाख २१ हजार रुपैंयाको सञ्चालन नोक्सानीमा छ । जबकी गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड २ लाख ६८ हजार रुपैंया सञ्चालन मुनाफा कमाएको थियो ।

१० करोड ३३ लाख रुपैंया राइट व्याक गरेका कारण लघुवित्तको नाफा देखिएको हो । यस वर्ष पनि लघुवित्तले १० करोड ४९ लाख रुपैंया प्रोभिजनिङ गरेको छ ।

२१ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १६ करोड १५ लाख रुपैंया सञ्चित छ । प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८५ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात ३२.०९ गूणाले बढी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।