स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित दुई महिला पक्राउ

0
Shares

प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताकेश्वर ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त रकम सहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।