मर्जर प्राप्ती प्रकृयाबाट १६१ संस्थाको इजाजत खारेजी

0
Shares

नेपाल राष्ट्र बैंकले लिएको वित्तीय स्थायित्व सुदृढीकरण गर्ने नीतिका कारण हालसम्म १६१ संस्थाको इजाजतपत्र खारेजी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तसम्ममा कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् सो संख्यामा स्थापना भएका संस्थाको अस्तित्व समाप्त भएको हो ।

मंसिर मसान्तसम्ममा २११ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएकोमा १५९ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका थिए । त्यसयता पछिल्लो महिना नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती तथा वोमी लघुवित्तमा ग्रामीण स्वंयसेवक लघुवित्त मर्जर भएपछि थप दुई संस्थाको इजाजत खारेजी भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।