वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित हुँदा कुन बैंकको शेयरमूल्य कस्तो ?

0
Shares

शेयर बजार परिसूचक र कारोबार रकम दिनप्रतिदिन बढेर नयाँ नयाँ रेकर्ड कायम हुँदै जाँदा सोमबारदेखि बैंकिङ्कमा लगानीकर्ताको आकर्षण बढेको छ ।

कोरोना संक्रमणका कारण व्यवसाय प्रभावित हुँदा पनि बैंकहरुको नाफा तुलनात्मक रुपमा धेरै घटेको छैन । बैंकिङ्गमा आकर्षण बढ्दै जाँदा हामीले वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा प्रकाशनमा ल्याएको वित्तीय विवरण त्यसअनुसार कायम भएको प्रतिशेयर आम्दानीका आधार स्म्बन्धीत बैंकको मूल्य कति महङ्गो छ भने हेर्ने प्रयास गरेको छौं ।

  • हेरौं कुन बैंकको शेयरमूल्य कस्तो ?

कुनैपनि बैंकको शेयरमूल्य कित महङ्गो छ भने हेर्दा त्यस बैंकको प्रतिकित्ता शेयरले गर्ने आम्दानीलाई हेर्नुपर्ने हुन्छ । यसअनुसार एक शेयरले जति धेरै कमाउन सक्छ त्यसको मूल्य त्यसअनुसार नै धेरै हुने गर्दछ । यसअनुसार शेयर बजारमा लगानी गर्दा वाणिज्य बैंकको मूल्य कति महङ्गो छ भने जाँच्ने एउटा अस्त्र हो आम्दानी अनुपात । यसले बैंकको आम्दानीको तुलनामा शेयरमूल्य कति महङ्गो छ भन्ने देखिाउँछ ।

दोस्रो त्रैमासको चुक्ता पूँजी तथा प्रतिशेयर आम्दानी र माघ २६ गते सोमबार अन्तिम कारोबार भएको शेयरमूल्यका आधारमा हेर्दा नेपाल बंगलादेश बैंकको शेयरमूल्य उसको आम्दानीको तुलनामा सबैभन्दा सस्तो देखिएको छ ।

सोमबार प्रतिकित्ता शेयरमूल्य ३०६ रुपैयाँमा कारोबार भएको नेपाल बंगलादेश बैंकको मूल्य आम्दानी अनुपात १४.६४ गुणा मात्र महङ्गो देखिएको छ । अन्य सबै बैंकको शेयरमूल्य यस बैंकको भन्दा महङ्गो देखिएको छ । पुस मसान्तसम्म बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.९० रुपैयाँ र मंगलबार कारोबार भएको मूल्यलाइ आधार मान्दा बंगलादेश बैंकको मूल्य सस्तो देखिएको हो ।

यस अवधिमा आम्दानीको अनुपातमा सिभिल बैंकको शेयरमूल्य सबैभन्दा महङ्गो देखिएको छ । बैंकको मूल्य आम्दानी अनुपात ४६.७९ गुणा महङ्गो छ । पुस मसान्तसम्म बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४.६८ रुपैयाँ र मंगलबार कारोबार भएको प्रतिकित्ता २१९ रुपैयाँ मूल्यलाई आधार मान्दा बैंकको आम्दानीका आधारमा बैंककको मूल्य उच्च देखिएको हो ।

यस अवधिमा सबैभन्दा धेरै वार्षिक प्रतिशेयर आम्दानी रहेको एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात २४.९६ गुणा बढी रहेको छ । बैंकको माघ २६ गते सोमबार ८८९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १९.३५ गुणा रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी २१.४० रुपैयाँ रहेको बैंकको शेयर सोमबार प्रतिकित्ता ४१४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको नबिल बैंकको मूल्य आम्दानी अनुपात ३८.९६ गुणा रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी २९.९० रुपैयाँ रहेको बैंकको शेयर सोमबार प्रतिकित्ता ११६५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

यस अवधिमा सूचीकृत २६ वाणिज्य बैकंको औषत मूल्य आम्दानी अनुपात २४.६७ गुणा, औषत प्रतिशेयर आम्दानी १८.७५ रुपैयाँ र औषत शेयरमूल्य ४४४.४६ रुपैयाँ रहेको छ । इन्डष्ट्रिको औषतभन्दा १३ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी, ९ वाणिज्य बैंकको शेयरमूल्य र ९ वटै वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात धेरै छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।