बिक्री आय बढेपनि खर्च नियन्त्रण नहुँदा चिलिमेको नाफा साढे १% ले घट्यो

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आवको यसै अवधिमा ३९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४१ लाख ९४ हजार अर्थात १.६ प्रतिशतले घटेको हो।

कम्पनीको विद्युत आम्दानी बापतको आय बढेपनि प्रशासनिक खर्च बढेपछि नाफा घटेको हो । साथै कम्पनीको मर्मत संभार खर्च बढेको छ भने बैंक ब्याजदर घट्दा ब्याज आम्दानीमा गिरावट आएको छ ।

कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाखबाट बढेर ३ करोड ३ लाख पुगेको छ । प्रशासनिक खर्च २२ लाखले बढेको हो। ब्याज आम्दानी २ करोड १५ लाखले घटेको छ ।

गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस बाडेको कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ बाट बढेर ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजी बढेको अनुपातमा नाफा कमाउन नसक्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ३९ पैसाले घटेर १२ रुपैयाँ ५० पैसामा झरेको छ ।

कम्पनीको जगेडा कोषमा ३ अब ५५ करोड रुपैयाँ छ । जगेडाकोष करिब १० प्रतशतले घटेको हो । जसको प्रतिशेयर नेटवर्थ १५६.५३ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ४९.६१ गुणा छ ।

पुस मसान्तसम्म कम्पनीले बिजुली बेचेर ६३ करोड ९९ लाख रुपैयाँ कमाएको छ । गत आवको यसै अवधिमा बिजुली बेचर ६१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विद्युत बिक्रीबाट २ करोड १२ लाख रुपैयाँ आम्दानी बढाएको छ । तर कम्पनीको ब्याज आम्दानी भने २ करोड १५ लाख रुपैयाँले घटेको छ ।

यस कम्पनीद्धार प्रवद्धित २७० मेगावाटका चार आयोजनाहरु निमार्णको क्रममा रहेका छन् । अन्य तीन आयोजनाको संम्भाव्यता अध्ययन सकिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।