कोकको बिक्री आय ९.३०%ले घट्यो, बोर्टलर्स बालाजु घाटामा-तराइको नाफा पनि खुम्चियो

0
Shares

कोकाकोलाको उत्पादन तथा बिक्री चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ । कोरोना भाइरस संक्रमणका तथा जाडो यामका कारण व्यावसायिक वातावरण विर्गेपछि कम्पनीको उत्पादन तथा बिक्री घटेको हो ।

चालु आवको ६ महिना अवधिमा बोटलर्स नेपालका दुबै कम्पनीको गरी ६ अर्ब १६ करोड २० लाख ३० हजार रुपैयाँ बराबरको कोकको बिक्री भएको छ ।

गत आवको यसै अवधिमा ६ अर्ब ७९ करोड ९४ लाख १९ हजार रुपैयाँको कोकका उत्पादनहरु बिक्री भएकोमा कम्पनीको बिक्री आय ९.३० प्रतिशतले संकुचन आएको हो ।

चालु आर्थिक वर्षको पुससम्ममा बोटलर्स नेपालको कोक बिक्री मार्फत हुने आम्दानी ११.४५ प्रतिशतले घटेर ३ अर्ब ६० करोड ९५ हजार आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ अर्ब ७ करोड ६१ लख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी बोटलर्स नेपाल (तराई) को पनि ६.०९ प्रतिशतले कोक बिक्री मार्फत हुने आम्दानी घटेर २ अर्ब ५५ करोड २४ लाख रुपैयाँमा संकुचित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुबै कम्पनीको बिक्री खर्च पनि घटेको छ । तर, दुबै कम्पनीको फाइनान्यिल कस्ट उच्च रुपमा बढेपछि कोकको खुद नाफा प्रभावित भएको हो । यस्तै दुबै कम्पनीके अन्य सञ्चालन आम्दानी पनि गत आवको यसै अवधिको तुलनामा घटेको छ ।

बोटलर्स नेपालको बालाजुको गत पुससम्मको तुलनामा ७ करोड ७७ लाख तथा तराइको ७ करोड २३ लाख रुपैयाँले बढेको हो । जसले बिक्री र ढुवानी खर्च तथा प्रासनिक खर्च घट्दा पनि नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पुससम्मा बोटलर्स नेपालले १४ करोड ७३ लाख ८२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.४६ प्रतिशतले थोरै हो । यस्तै बालाजुको पनि ४७.३१ प््रतिशतले सञ्चालन नाफा घटेको छ । गत आवको यसै अवधिमा ४० करोड २५ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको कम्पनीको नाफा २१ करोड २० लाख ८९ हजारमा संकुचित बनेको हो ।

चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको बोटलर्स नेपालको पुससम्ममा १ करोड २२ लाख २० हजार रुपैयाँ सञ्चालन नोक्सानी ब्यहोरेको छ । यससम्गै कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १९११ रुपैयाँ छ । गत आवको यसै अवधिमा कम्पनी २३ करोड २७ लाख रुपैयाँ नाफा थियो । यस अवधिमा कम्पनीको सञ्चित कोषमा ३ अर्ब ४० करोड ६३ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी बोलटर्स तराइको हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ रहेको छ । सञ्चित कोषमा २ अर्ब ६ करोड ८१ लख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८०९ रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।