लोकसेवा आयोगले माग्यो २५४ जना कर्मचारी

0
Shares

लोकसेवा आयोगले विभिन्न पदहरुका लागि २५४ जना कर्मचारी माग गरेको छ।

आयोगले निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ.प्र., खुला तथा समावेशी पदहरुमा दरखास्त आह्वान गरेको हो ।

आयोगले आयोगको कार्यालय धनकुटाका लागि सब इन्जिनियर, सिनियर मेकानिक्स, सर्भेक्षक, कम्प्युटर अपरेटर लगायत विभिन्न पदहरुमा ७५ जना, आयोगको कार्यालय जलेश्वरका लागी ४० जना कर्मचारी माग गरेको छ ।

यस्तै सुर्खेतका लागि ३५ जना, दिपायलका लागि २६ जना, काठमाण्डौका लागि १८६ जना, पोखराका लागि ५९ जना र बुटवलका लागि ४९ गरि जम्मा २५४ जना कर्मचारीको माग गरेका हो ।

आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्ने छ । डबल दस्तुर तिरेर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।