नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकार समक्ष माग गरेको छ ।
महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी समक्ष भेटी उक्त माग गरेको हो ।
भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, “कोरोनाका कारण निजी क्षेत्रपनि आक्रान्त भैरहेकाले महासंघसंग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।” सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रले नै ल्याउने व्यवस्था मिलाइदिन पनि आग्रह गरे ।
पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहु“दा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन मन्त्री त्रिपाठीसँग समितिले आग्रह गरेको हो ।
कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको खोप प्राथमिकताको क्रममा दिन शुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताएका थिए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया