महालक्ष्मी विकास बैंकको का.मु सिईओमा दिपेश लम्साल नियुक्त

0
Shares

महालक्ष्मी विकास बैंकले का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरेको छ ।

२०७७ माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो।

बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

केन्द्रिय बैंकको निति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि«त हुने लम्सालले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।