डाक्टरहरुले बढाए परामर्श शुल्क, ३७० देखि ८२५ रुपैयाँसम्म तिर्नुपर्ने

0
Shares

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको बढेको परामर्श शुल्क फागुन ४ बाटै कार्यान्वयन गर्न भनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग गत माघ ४ मा भएको सम्झौताबमोजिम परामर्श शुल्क कार्यान्वयनमा नआएपछि अफिन र चिकित्सक संघले निर्धारित शुल्क सार्वजनिक गरेका हुन् ।

यी दुई छाता संगठनले जारी गरेको संयुक्त विज्ञप्तीअनुसार डीएमरएमसीएच गरेर पाँच वर्षभन्दा बढीको अनुभव तथा एमडी, एमएस, एमएस गरी कम्तिमा १० वर्षका अनुभवी चिकित्सकले हरेक बिरामीबाट कम्तिमा ८२५ रुपैयाँ परामर्श शुल्क निर्धारण गरिएको छ । डीएमरएमसीएच गरेर पाँच वर्षको अनुभव पुगेकाले भने कम्तिमा ७७० रुपैयाँ शुल्क लिन सक्नेछन ।

यस्तै, विज्ञप्तीअनुसार एमडीरएमएसरएमएस गरी पाँच वर्षको अनुभव पुग्ने चिकित्सकले एक बिरामीवापत न्यूनतम ६६० रुपैयाँ र पाँच वर्षभन्दा माथि ९ वर्षको अनुभव भएकाले कम्तिमा ७०० रुपैयाँ लिन पाउनेछन् । साथै, मेडिकल शिक्षामा डिप्लोमा गरेर ५ वर्षको अनुभव हुनेले न्यूनतम ५१५ रुपैयाँ र त्योभन्दा बढीको अनुभव भएकाले न्यूनतम ५९० रुपैयाँ परामर्श शुल्कका रुपमा लिनसक्ने जनाएको छ ।

एमबीबीएस र बीडीएस गरी कम्तिमा पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले ४५० रुपैयाँ र पाँच वर्ष अनुभवीले ३७० रुपैयाँ परामर्श शुल्क लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।  स्तरीय नर्सिङ होम तथा अस्पतालहरुले माथिका सबै शुल्कमा अझ २० प्रतिशत बढी शुल्क लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । शैक्षिक योग्यता र अनुभवका हिसाबले सबै वर्गका चिकित्सकले लिने परामर्श शुल्कमा यो लागु हुनेछ ।

मन्त्रालयले २०७१ भदौ ११ मा मन्त्रीस्तरीय निर्णय गरी चिकित्सकले बिरामी जाँच गरेवापत परामर्श शुल्क लिन पाउने व्यवस्था गरेको थियो । २०७१ असोज १ बाट लागू भएको चिकित्सकले बिरामी जाँचमा लिने शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।