एनएमबि बैंकको सिईओमा सुनिल केसी पुन: नियुक्त

0
Shares

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन: नियुक्त भएका छन्।

बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी चार वर्षे कार्यकालका लागि पुन सिइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल यहि फागुुन मसान्तमा सकिँदैछ ।

बैंकले आगामी चैत १ गतेदेखी लागू हुनेगरी दोस्रो कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

३१ वर्ष लामो बैंकिङ अनुभव भएका केसी बैकिङ क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन् ।

बिगत १२ बर्ष देखि एनएमबि बैंकसँग आबद्ध केसीको एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा महत्वपुर्ण योगदान रहेको छ ।

केसी तत्कालिन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) का उत्पादन हुन् । एनएमबि बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा छिरेका थिए । स्नातकसम्म विज्ञान पढेका केसीले एमबिए गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।