प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत २ लाख जना श्रमिकको सामुहिक दुर्घटना बीमा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
सात महिना अवधि कायम रहने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटाईएको सय दिनको अवधिको मात्र सामुहिक कार्यस्थल दुर्घटना बीमा गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीमामार्फत २ लाख श्रमिकको काममा खटाईएको सामुहिक कार्यस्थल दुर्घटना बीमा गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि राष्ट्रिय बीमा कम्पनीले छुट्टै बीमालेर्ख प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बीमालेख’ मार्फत बीमा गरेको मन्त्रालयले जनाएको छ ।
श्रमिकको सामुहिक दुर्घटना बीमाले सात लाख रुपैयाँसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्घता तथा अशक्तता बीमा र औषधी समेतलाई समावेश गरेको छ । स्थायी पूर्ण अशक्तता भएमा सात लाखसम्मको जोखिम बहन बीमालेखमा समावेश छ ।
प्रति व्यक्ति बीमांक रकम ७ लाख रुपैयाँको हुनेछ । २ लाख श्रमिकको सामुहिक दुर्घटना बीमा शुल्क वापत १ करोड ९५ लाख रुपैयाँ शुल्क लागेको मन्त्रालयले जनाएको छ ।
चालू आवको पहिलो ६ महिनामा ७ लाख ४३ हजार १ सय ६४ बेरोजगार सूचीकृत भएका छन् । श्रम मन्त्रालयको तथ्यांकअनुसार सूचीकृत बेरोजगारमध्ये १५ हजार ६ सय ७० जना व्यक्तिहरू कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया