साधना लघुवित्तमा रोजगारीको अवसर

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ ।

फागुन ५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेका जो कसैले मिति फागुन ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।