काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी छिटै पाउने भएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खानेपानी मन्त्री मणिचन्द्र थापा सहित मन्त्रालयका उच्च पदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो कुरा उल्लेख छ ।
सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ । यस कार्यले पूर्णता पाउना साथ काठमाडौं उपत्यकामा मेलम्चीको पानी प्रारम्भिक वितरण सुरु हुनेछ ।
पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।
मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुनसक्ने चुहावट र कुनै स्थानमा बढीमात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तयारी गरिरहेको जानकारी पनि सो प्रस्तुतीकरणमा दिइयो ।
यसैगरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया