सिभिल बैंक साधारण सभा भोलि, यस्ता एजेण्डा हुँदैछन् पारित

0
Shares


सिभिल बैंक (CBL) ले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गराउन भोलि अर्थात फागुन ९ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको माघ १५ गते बसेको संचालक समितिको ३२८ औँ बैठकले बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाण्डौंमा बिहान ११ बजे सभा डाकेको हो । साधारण सभा भर्चुअल माध्यमबाट संचालन गरिने बैंकले जनाएको छ ।

सभामा बैंकले आ।व २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनश शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सिभिल बकैं र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने लगायतका विभिन्न प्रस्ताबहरु पारित गर्ने जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले माघ २३ गते शुक्रबार बुक क्लोज मिति तोकेको छ । तसर्थ माघ २२ गते बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश र सभामा सहभागिता जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।