यस साता शेयर बजारमा के-के भयो ?

0
Shares

शेयर बजार परिसूचक मापक यस साता मात्रै १०९.७६ अंकले बढेको छ । गत बिहीबार २ हजार ५२६ दशमलव ९२ अंकमा रहेको नेप्से यस साताको अन्तिम कारोबार दिनसम्ममा ४.३४ प्रतिशतले बढेर २ हजार ६३६ दशमलव ६८ अंकमा पुगेको हो ।

साताभरमा नेप्से २ हजार ४८२ दशमलव ४२ बिन्दुसम्म झर्यो भने यसै साता २ हजार ६४२ दशमल ४७ बिन्दुको उच्च अंकसम्म नेप्सेले छोयो र सातामा नेप्से सूचकमा १६०.०४ अंकको उतार चढाव देखा पर्यो ।

नेप्सेमा आएको बढोत्तरीसँगै नेप्से हालसम्मकै उच्च बिन्दुमा कायम हुँदा लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण एक सातामा नै २ खर्ब २७ अर्ब ०४ करोड रुपैयाँले बढढेर ३६ खर्ब ३३ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यस साता कारोबार रकमले पनि राम्रै साथ दिएको छ । साताभरमा ४४ अर्ब १४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम गत साताको तुलनामा १ अर्ब १२ करोड ३६ लाख रुपैयाँ कम हो । गत साता ४५ अर्ब २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यस साता औषतमा दैनिक ८ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भयो । यस साता बैंकिङ्गमा उच्च बढोत्तरी आएको छ । यस साता बैंकिङ्ग ७.०८ प्रतिशतले बढेर १ हजार ९३६ मा पुगेको छ । यसैगरी म्युचुअल फण्डको सूचक ५.२०, ब्यापार ४.८८, लघुवित्त ४.५७, अन्य ४.२२, विकास बैंक सूचक ४.२२, वित्त १.५० प्रतिशत र निर्जीवन बीमा उपसमुहको सूचक १.११ प्रतिशतले बढोत्तरी भएको छ ।
यस साता होटल र उत्पादनमुलक सूचक भने ऋणात्मक भए । होटल १.२२ र उत्पादनमुलक १.०७ प्रतिशतले घटेको हो ।

  • निफ्राको मूल्य ६० प्रतिशतले बढ्यो

यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ६०.५८ प्रतिशत अर्थात २०६ रुपैयाँले बढेको छ । प्रतिकित्ता ३४० रुपैयाँमा शेयर कारोबार खुलेको बैंकको शेयरमूल्य बढेर ५४६ रुपैयाँ पुगेको हो ।

यसैगरी यस साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २१६ रुपैयाँ अर्थात ३९.४२ प्रतिशतले बढेर ७६४ रुपैयाँ पुगेको छ । हिमालयन उर्जा र चन्द्रागिरी हिल्सको शेयरमू्रल्य पनि सातामा ३० प्रतिशतभन्दा धेरैले बढेको छ।

यस साता समृद्धि फाइनान्स, नेपाल बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, सनराइज फस्ट म्युचुअल फण्ड, र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य बढेको छ । दशौं ठूलो शेयरमूल्य बढेको निर्धन उत्थानको १०.६४ प्रतिशतले मूल्य बढेको हो ।

यस साता फरर्वाड कम्युनिटी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै साढे ११ प्रतिशतले घट्दा स्वाभिमान लघुवित्त, तारागाउँ रिजेन्सी होटल, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र पन्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य पनि ६ प्रतिशत धेरैले घटेको छ । फरवार्डर र स्वाभिमान लघुवित्तको यसै साता बोनस शेयरमा शेयरमूल्य समायोजन भएको थियो ।

राधी विद्युत, माउन्टेन हाइड्रो नेपाल, गोर्खाज फाइनान्स, रैराङ हाइड्रोपावर, र नेपाल टेलिकमको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि यस साता गुमाएका छन् । दशौं ठूलो शेयरमूल्य घटेको नेपाल टेलिकमको शेयर सातामा प्रतिकित्ता ५५ रुपैयाँ अर्थात ३.९० प्रतिशतले घटेर १ हजार ४१० रुपैयाँमा झरेको हो ।

  • नबिल बैंकको उच्च कारोबार

यस साता नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको सातामा २ अर्ब १० करोड रुपैयाँ बढीको शेयर कारोबार भएको हो ।

ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स, एनआईसी एशिया बैंक, नेपाल बैंक, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्तको पनि १२ अर्ब धेरैको शेयर खरीद बिक्री भयो । छिमेक लघुवित्त र नेपाल लाइफ पनि करिब १ अर्बको शेयर कारोबार हुँदैशीर्ष कारोबार हुने दश कम्पनीमा अटाएका छन् ।

यस साता नासा सेक्युरिटीजले सबैभन्दा धेरै शेयर खरीद बिक्री गराएको छ । नासाले यस साता ३ अर्ब ७९ करोडको शेयर खरीद गर्दा ३ अर्ब २२ करोडको शेयर बिक्री गरेको छ । अनलाईन सेक्युरिटीज दोस्रो हुँदा डायनामिक मनि चेञ्जर र भिजन सेक्युरिटीजबाट धेरै कारोबार भएको छ ।

यस साता धेरै शेयर खरीद तथा बिक्री हुने दश ब्रोकर कम्पनीहरुले नबिल बैंकको शेयर नै खरीद बिक्रीमा प्राथमिकतामा राखेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।