शाइन रेसुङ्गा आफ्नै भवनमा स्थानान्तरण

0
Shares

प्रदेश ५ को पहिलो राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेको छ ।

बैंक फागुन ११ गते मंगलबारदेखि रूपन्देही जिल्ला, बुटवल उप महानगरपालिका वडा नं. ११ कालिकानगरस्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

यसअघि बैंकले रूपन्देही जिल्ला, बुटवल उप महानगरपालिका वडा नं. ६ मैत्रीपथमा केन्द्रीय कार्यालय स्थापना गरी सेवा प्रसा दगर्दै आइरहेको थियो ।

वि.सं २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र विसं २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्जर भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

त्यसपछि शाइन रेसुङ्गाले विसं २०७३ जेठमा प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । यस्तै बैंकले २०७५ मा तीन जिल्ला कार्यक्षेत्र रहेको पूणिर्मा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी २०७६ असोजबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

गत आवको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख रुपैयाा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २६ करोड ११ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १५.३२ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ । पुस मसान्तसम्ममा बैंकले ३२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।