निफ्राको शेयर कारोबार खुल्यो, शेयरमूल्य १० प्रतिशत घटेर फर्कियो


कारोबार चाप अधिक आए पछि प्रणाली नै बिगारेको भन्दै कारोबार स्थगन गरिएको निफ्राको शेयर कारोबार सुचारु भएको छ । एउटा कम्पनीको शेयर कारोबारमा आएको समस्याले समग्र कारोबार प्रणालीमा नै समस्या आएको भन्दै केही समयका लागि निफ्राको शेयर कारोबार रोक्का गरिएको थियो ।

मंगलबारको अन्तिम मूल्य ५९४ बाट ५ प्रतिशतले घटेको शेयर मूल्यमा अधिक बिक्री चाप आएपछि अर्डर म्याच हुन सकेको थिएन । यस्तो अवस्थामा पनि बैंकको ६१ हजार कित्ता शेयर कारोबार भएको थियो । प्रणालीमा आएका सबै बिक्री आदेशलाई हटाएर पुनः कारोबार खुलाइए पछि बैंकको शेयर मूल्य थप ५ प्रतिशतले घटेर ५३५ रुपैयाँमा झरेको छ । मंगलबारको अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्यमा १० प्रतिशत गिरावट आएको हो ।

५६४ रुपैयाँमा शेयर बिक्री गर्न हजारौं अर्डर आएको थियो । सबै अर्डर खारेज गरी पुन खुलाइएको कारोबारमा भने शेयर मूल्य घटेसँगै कारोबार अर्डर संख्या पनि सामान्य बनेको छ । कारोबार खुलाए पछि बैंकको थप १० हजार कित्ता शेयर कारोबार हुँदा ७२ हजार कित्ताभन्दा धेरै शेयर कारोबार भएको छ ।

यो सामग्री प्रकाशन हुँदाको समयमा निफ्राको प्रतिकित्ता शेयर मूल्य ५३५ रुपैयाँबाट फेरी उकालो लागेर ६२० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार बिहान बजार चलिरहेका बेला अचानक गलत तथ्यांकहरु देखिन थाले पछि लगानीकर्ता अन्यौलमा परेका थिए । बजार सूचक, कम्पनीको शेयर मूल्य, खरिद बिक्री आदेश मूल्य लगायत सबै तथ्यांकमा समस्या आएकाले निफ्राको कारोबार केही समयका लागि स्थगन गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।