प्रविधिको गडबढीमा पनि निफ्राको ५६ करोडको कारोबार, लगानीकर्ता आक्रोशित

0
Shares

बुधबारको शेयर कारोबारमा नेप्सेको शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आउँदा एक घण्टा बढी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को कारोबार रोकिएको भएपनि ५६ करोड बराबरको कारोबार भएको छ ।

मंगलबारदेखि कम्पनीको शेयरमूल्य घट्न थालेपछि बिक्री चाप देखिएको छ । तर शेयर खरिद गर्नेहरुले अनलाइन अर्डर नराखी बिक्री अर्डरमा राखेका शेयर धमाधम उठाउन थालेका छन् । जसले गर्दा मार्केटडेप्थमा खरिदकर्ता नदेखिए पनि निफ्राको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-02-24 15:00:00
NBL 582,575,829.00 477.00
NIFRA 559,929,505.00 562.00
NIL 238,314,573.00 1,759.00
NICA 204,754,832.00 920.00
GBIME 204,002,985.00 478.00
NABIL 193,023,822.00 1,350.00
API 174,962,639.00 315.00
EBL 171,553,233.00 832.00
UPPER 161,462,578.00 562.00
NLIC 144,343,686.00 2,219.00

बुधबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने नेपाल बैंकको ५८ करोड बराबरको कारोबार हुँदा दोस्रो उच्च कारोबार हुने निफ्राको ५५ करोड ९९ लाख बराबरको कारोबार भएको छ । यसदिन निफ्राको ९ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार निफ्राको १० लाख ८१ हजार कित्ता शेयर ७३ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको थियो ।

कारोबार चलिरहँदा कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बजार घट्दा सिस्टममा खासै समस्या देखिँदैन जब बजारमा सकारात्मकता देखिन्छ र जब एउटा लय समात्न खोज्छ त्यो समयमा सिस्टममै गडबढी किन भई रहन्छ ? आक्रोश व्यक्त गरे ।

उनी थप प्रश्न गर्छन्, ‘यो नियती कहिले सम्म भोगि रहनुपर्ने हो लगानिकर्ताले ? नियामकको जिम्मेवारी बन्दैन र यसको जवाफदेहिताको दिनुपर्ने उनको भनाई छ ।

यस दिन शेयर बजारको परिसूचक नेप्से १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा उक्लिएकोे छ।
६ अर्ब ७० करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बैंकिङ, ब्यापार, होटल, विकास बैंक,फाइनान्स,निर्जीवन बीमा, माइक्रोफाइनान्स,जीवन बीमा र उत्पादन समूह बढेका छन् । जलविद्युत र अन्य समूह घटेका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-02-24 15:00:00
IGI 1,100.00 100.00 10.00
NFS 353.00 32.00 9.97
CGH 343.00 31.00 9.94
NBL 477.00 24.00 5.30
SIGS2 12.82 0.63 5.17
NICGF 13.25 0.63 4.99
KLBSL 1,590.00 67.00 4.40
TRH 334.00 14.00 4.38
SEF 12.71 0.53 4.35
CMF2 10.85 0.35 3.33

यस दिन आइएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। नेपाल फाइनान्स, चन्द्रागिरि हिल्सको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घट्यो सो कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँमा झरेको छ। यस्तै अरुण भ्याली हाइड्रोपावर, आरम्भ चौतारी लघुवित्तको मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-24 15:00:00
NIFRA 562.00 -32.00 -5.39
AHPC 344.00 -17.00 -4.71
ACLBSL 1,620.00 -75.00 -4.42
UMRH 240.00 -11.00 -4.38
SSHL 190.00 -8.00 -4.04
API 315.00 -11.00 -3.37
UNHPL 122.00 -4.00 -3.17
SNLB 1,575.00 -37.00 -2.30
GHL 134.00 -3.00 -2.19
HPPL 369.00 -8.00 -2.12

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।