चार लाख २९ हजारले लगाए कोरोना खोप, ५० हजार बैंकिङ्ग कर्मचारी

0
Shares

कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन नेपालमा हालसम्म ४९ हजार ७६९ जना बैंकिङ्ग कर्मचारी सहित कुल ४ लाख २९ हजार जनाले कोरोना खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागले नेपालमा कोरोना विरुद्धको खोप लगाएकाहरुको विवरण सार्वजनिक गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गते सुरु भएको खोप अभियानमा ४ लाख २९ हजार ७०५ लाई खोप दिइएको हो ।
पहिलो मात्रा खोप पाएका व्यक्तिहरुलाई दोस्रो खोपको मात्रा भने कम्तिमा ८ हप्तापछि मात्र दिइने मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

गौतमका अनुसार यहि फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ । जसमा ५५ वर्ष माथिका सबै नागरिक तथा सार्वजनिक यातायतका चालक तथा सहचालक, शिक्षक तथा कर्मचारीहरु र विश्वविद्यालयका प्राध्यापकहरुलाई खोप लगाइने भएको छ ।

हालसम्म खोप लगाएकाहरुको विवरण यस्तो छ:-

  • स्वास्थ्यकर्मी – १ लाख ३७ हजार ८८६ जना
  • बैंकिङ कर्मचारी-४९ हजार ७६९ जना
  • जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी -४८ हजार २६६ जना
  • स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु -३३ हजार ६९५ जना
  • महिला स्वास्थ्य स्वयंसेवीकाहरु -३२ हजार ९३८ जना
  • जनपथ प्रहरी -३२ हजार २२३ जना
  • सशस्त्र प्रहरी-२२ हजार १४९ जना
  • कैदीबन्दी र सुरक्षाकर्मी -२१ हजार ६० जना
  • प्राधिकरणका कर्मचारी-१८ हजार ८६९ जना
  • पत्रकारहरु -६ हजार ७८९ जना
  • सरसफाईकर्मी -६ हजार ५५५ जना
  • कोरोनाबाट शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी -४ हजार ८६० जना
  • जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालय -३ हजार ७५१ जना
  • वृद्ध आश्रममा आश्रीत नागरिक र हेरालु कर्मचारीहरु- ३ हजार ३३८ जना
  • एम्बुलेन्स तथा शव वाहन चालकहरु -१ हजार ७६५ जना
  • नेपाली सेना -१ हजार ५१७ जना
  • यूएन र कूटनीतिक नियोगका कर्मचारीहरु -१ हजार १४० जना
  • अन्तर्राष्ट्रिय सीमामा खटिने कर्मचारीहरु -१ हजार ३९४ जना
  • अन्य -१ हजार ६४१ जना

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।