नेपालमा पूँजीबजारमा सक्रिय पाँच लगानीकर्ताका संगठनहरुले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रूपमा नकारात्मक सूचक देखाई लगानिकर्ताहरूको मनोविज्ञानसँग खेलवाड भएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
३५ खर्बभन्दा बढी बजार पूँजीकरण भएको पूँजीबजारमा बजार सञ्चालन गर्न जिम्मेवारी प्राप्त पदाधिकारी तथा संस्थाबाट हामीले जे गर्दापनि हुन्छ भन्ने मानसिकताबाट गैर जिम्मेवार पूर्वक पूँजी बजार सञ्चालन भैरहेको लगानीकर्ताहरुले आरोप लगाएका हुन् ।
लगानीकर्ताहरुले कहिले टिएसएस, कहिले नेप्सेको वेवसाइट, तथा मेरो शेयरमा आउने समस्या कारण लगानीकर्ताको कमीकमजोरी नभएपनि पूँजीबजारबाट करोडौं गुमाउनुपरेको लगानीकर्ताहरुको भनाई छ । आफ्नो सम्पीत्त समयमा नै बिक्री गर्न नपाएको तथा क्लोज आउटमा परेर जरीवाना तिर्नुपरेको तथा आफ्नो सम्पत्ति समेत असुरक्षित भएको उनीहरुको भनाई छ ।
विसं २०७५ सालमा सञ्चालनमा आएको अलाईन कारोबार प्रणालीमा सुरुवातदेखि नै समस्या आउने गरेकोमा बुधबार निफ्राको अप्राकृतिक मूलय र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिमाणले श्रृजना गरेको लगानीकर्ताको मनोविज्ञान र नियामक निकाय धितोपत्र बोर्डको विश्वसनियतामाथि माथि समेत नराम्रो धक्का लागेको जनाइएको छ ।
नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल , नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट यस्ता मनोवृत्ति र घटना नदोहोरिने कुराको प्रत्याभुति समेत खोजेका छन् ।
सर्वसाधारणको चासो र विश्वास बढ्दै गरेको पूँजीबजारमा लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गर्ने कुनैपनि व्यक्ति, संस्था वा निकायहरुबाट हुने अवान्छित गतिविधिलाई रोक्न यथाशीघ्र सम्बोधन र समस्या समाधानका लागि नियामक निकाय धितोपत्र बोर्डसँग आग्रह गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया