सिडिएससीको मेरो शेयर नचल्दा लगानीकर्ता क्लोजआउटको जोखिममा, कसले व्यहोर्छ २० प्रतिशत जरिवाना ?


धितोपत्र बोर्डले गरेको पछिल्लो व्यवस्था अनुसार अहिले शेयर बेचेको भोलिपल्ट भित्र शेयर बिक्रेताले इडिआईएस गरिसक्नु पर्छ ।

‘टी प्लस टू’ मा सेटलमेण्ट हुने भएकाले भेलिपल्ट नै इडिआईएस गर्नु पर्ने प्रावधान अनुसार इडिआईएस गर्न नसकिने अवस्था आईपीओ नतिजा तथा निष्काशनले उत्पन्न भएको छ ।

यसका लागि सिडिएससीले समयानुकुल रुपमा आफ्नो प्रणालीको सुधार गर्नु पर्ने भए पनि तत्काल देखिएका साना समस्याको समाधान मात्र गर्दै आएको छ । जसका कारण लगानीकर्ताले मेरोशेयर सहज रुपमा लगइन गर्न सकिरहेका छैनन् । जसका कारण बिहीबार शेयर बिक्री गरेकाहरुले शुक्रबार इडिआईएस गर्न सकिरहेका छैनन् ।

“मेरो शेयर खुल्दै खुल्दैन, इडिआईएस गर्नका लागि नै दिनभरी पर्खिएर बस्नु पर्ने अवस्थालाई सिडिएससीले ध्यान दिनु पर्ने देखिन्छ ।” नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, “इडिआईएस गर्न नसकिएको गुनासो चौतर्फी रुपमा आएको छ । क्लोज आउटमा परियो भने त्यसको जिम्मेवारी कसको हो ?” उनले प्रतिप्रश्न गरिन् ।

उता शेयर ब्रोकरहरुले पनि सिडिएससीको लापरवाहीका कारण धेरै लगानीकर्ताहरु क्लोज आउटमा पर्ने गरेको बताउँदै आएका छन् । “एक ब्रोकरले भने मेरो शेयर नचल्दा लगानीकर्ता क्लोज आउटमा परिरहेका छन्, जरिवाना पनि लगानीकर्तालाई नै तिराइने गरेको छ, यो सरारसर गलत हो ।” ती ब्रोकरले भने ।

सिडिएएससीले मेरो शेयरलाई पूर्ण क्षमतामा चलाउन नसक्ने हो भने अर्को विकल्प खोजिनु पर्ने ती ब्रोकरको भनाई छ ।

शुक्रबार साधारण शेयरको नतिजा सार्वजनिक गर्ने क्रममा मेरो सेययरले भिजिटर ट्राफिक धान्न नसक्दा अनलाइन सफ्ट्वेयर चलिरहेको छैन । जसका कारण दोस्रो बजारमा बिहीबार भएको शेयर कारोबारको इडिआईएसमा लगानीकर्ताले समस्या झेलिरहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।