माइक्रो फाइनान्सले शर्तसहित उपत्यकामा पनि शाखा खोल्न सक्ने

0
Shares

नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्सलाई पनि उपत्यका भित्र शाखा खोल्न दिने भएको छ । केन्द्रीय बैंकले उपत्यका बाहिरका नगरपालिका वा गाँउपालिकामा २ शाखा खोलेपछि एक शाखा उपत्यकामा खोल्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यका बाहिर (महानगरपालिका र उपमहानगर पालिका बाहेकका स्थानमा) २०७७ पुस मसान्तपछि दुईवाटा शाखा खोलि सञ्चालन ल्याए पछि काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका बडाहरुमा एक शाखा खोल्ने स्वीकृति पाउनेछन ।

यसभन्दा अघि काठमाडौं उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थाले अझै पनि माइक्रो फाइनान्सलाई उपत्यका भित्रका महानगरपालिका र उप महानगरपालिकामा शाखा खोल्ने बाटो भने खुलाएको छैन । नेपाल राष्ट्र बैंकले यसभन्दा अघि लघुवित्त वित्तीय संस्थाहरुलाई महानगरपालिकामा शाखा खोल्न स्वीकृति प्रदान गरेको छैन ।

साथै, जिल्ला सदरमुकाम बाहेकका नगरपालिका तथा गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपपछि उप–महानगरपालिका वा जिल्ला सदरमुकाम भएका नगरपालिका र गाँउपालिकामा एक शाखा स्थापना गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।