कुमारी बैंकको प्रवद्र्धनमा संचालित कुमारी सामुहिक लगानी कोष अन्तरगतको कुमारी इक्वीटी फण्डमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
फागुन १४ गते शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्रीमा आएको फण्डको आइतबार पौनै १ बजेसम्ममा नै करिब ७४ प्रतिशत बिक्री भइसकेको छ । फण्डले सर्वसाधरणका लागि ६८ करोड रुपैयाँ बराबरका ६ करोड ८० लाख इकाईहरु बिक्रीमा राखेको ल्याएको हो । जसमा ४६ हजार २१२ आवेदनबाट ५० करोड रुपैयाँ बढीको आवेदन परिसकेको क्यापिटलका संचालक रामचन्द्र खनालले नोटबजारलाई जानकारी दिए।
‘फण्डको आकार ८० करोडको भए पनि बजारबाट संकलित रकमका आधारमा फण्डको आकार २५ प्रतिशतसम्म विस्तार गर्न सकिने व्यवस्था छ । अहिलेसम्म परेका आवेदनहरुको आधारमा कुमारी इक्विटी फण्डको आकार १ अर्ब रुपैंयासम्म पुग्ने विश्वास छ’ खनालले भने । उक्त फण्डमा फागुन १८ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आवेदन भर्ने समय अझै बाँकी रहेकाले छोटो समयमै इकाई बिक्री भइसक्ने क्यापिटलको विश्वास छ ।
कुमारी सामुहिक लगानी कोष अन्तरगत ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरेकोमा कोष प्रवद्र्धक कुमारी बैंकलाई १५ प्रतिशतले हुने १ करोड २० लाख इकाई सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो।
१० वर्षे अवधिको बन्दमुखी योजनाका इकाईमा खरीदका लागि लगानीकर्ताले मेरो शेयरका साथै आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्र्तगत पनि आवेदन दिन सक्ने छन् । न्यूनतम १ सय ईकाई र अधिकतम ८० लाख ईकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कुमारी इक्वीटी फण्डले कसरी दिन्छ २२ प्रतिशत औषत प्रतिफल ?
इकाई बिक्रीबाट संकलित रकम दक्षतापुर्वक योजनाले तोकेका क्षेत्रहरुमा लगानी गरी उच्चतम प्रतिफल सुनिश्चित गर्ने विश्वास क्यापिटलले लिएको छ । यस क्रममा फण्डमा संकलन हुने रकमको ७० प्रतिशत रकम दोस्रो बजारमा लगानी गरिनेछ भने ५ प्रतिशत रकम साधारण शेयर, २० प्रतिशत रकम पिक्स्ड इनकम सेक्युरिटिज र ५ प्रतिशत र नगद मौज्दातका रुपमा राखिने क्यापिटलले जनाएको छ ।
फण्डको ईकाईमा लगानी गर्ने इकाईधनीहरुलाई पहिलो वर्ष १० रुपैयाँबाट सुरु हुने इकाईको नेट एसेट भ्यालु अन्तिम वर्षमा २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतारचढावबाट उत्पन्न हुने जोखिम लिन अनिइच्छुक लगानकिर्ताका लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उत्तम मानिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया