नेपाल बैंकमा १९२ जनालाई जागीर खूल्यो, अनलाइनबाट आवेदन गर्न मिल्ने

0
Shares

नेपाल बैंकका रिक्त रहेका पदहरुको पदपूर्तिका लागि अनलाइन माध्यमबाट दरखास्त आह्वान गरेको छ ।

बैंकको प्रदेशहरुमा रहेका विभिन्न शाखा कार्यालहरुका लागि विभिन्न पदहरुका लागि सहायक प्रबन्धकमा २० जना, सहायक प्रबन्धक सिए १० जना, सहायक प्रबन्धक आईटीमा ४ जनाको दरखास्त आह्वान गरेको हो ।

त्यस्तै सहायक आईटिका लागि ८ जना, कनिष्ठ सहायकमा ७२ जना गरी कुल १९२ जनाको अनलाइन दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २१ गतेबाट चैत्र १२ गतेसम्म आवेदन बुझाउन सक्नेछन् । आवेदक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका हुनुपर्ने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।