नेपाल स्टक एक्सचेन्जमा रोजगारीको अवसर

0
Shares

नेपाल स्टक एक्सचेन्जले आन्तरिक र खुला तर्फबाट केही कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

एक्सचेन्जले आन्तरिक प्रतियोगिता तर्फबाट प्रबन्धक १ जना, सहायक प्रबन्धक ३ जना र खुला तर्फको सहायक प्रबन्धक १ जना, अधिकृत ३ जना र आइ टी अधिकृत १ जना गरी जम्मा ९ जना कर्मचारीको माग गरेको हो।

एक्सचेन्जका अनुसार प्रशासन समूह तर्फको अधिकृतस्तरको पदको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नात्तकोत्तर उपाधी हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै प्राविधिक समुह तर्फको अधिकृतस्तरको पदको लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेशन वा सम्बन्धित बिषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ ।

आन्तरिक प्रतियोगिताको प्रशासन समूहका लागि एक तह मुनी कम्तिमा तीन वर्ष सेवा अवधि पूरा गरेको र सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको हनुपर्ने एक्सचेन्जले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरुले फागुन २१ गतेबाट २१ दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दरखास्त बुझाउनु पर्ने छ ।

दरखास्त फारम नेपाल स्टक एक्सचेन्ज, पदपूर्ति समितिको सचिवालय, भद्रकाली प्लाजा, काठमाडौंबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।