महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकको सहयोग


कोरोना महामारीविरद्ध लड्नका लागि नबिल बैंकले स्वास्थ्य मन्त्रालयलगायतका संस्थासँगको समन्वयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि काम शुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँगको समन्वयमा नबिल बैंक, एशियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउण्डेशनले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीका लागि क्षमतावृद्धिका लागि पहिलो पटक संयुक्तरुपमा पहल गरिएको हो ।

महामारीका लागि तप्तरता र प्रतिक्रिया दिनका लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम हालसम्म ६ वटा प्रदेशमा सम्पन्न भइसकेको छ । साथै बाँकी रहेको कर्णाली प्रदेशमा आगामी साता सम्पन्न गरिनेछ ।

सार्वजनिक र निजी स्वास्थ्य सुविधा र मानवीय संगठनका २८० भन्दा बढी अंग्रपक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरुले सक्रियरुपमा अभिमुखिकरण कार्यक्रममा भाग लिएका थिए ।

यस राष्ट्रिय साझेदारी कार्यशालाले विशेष गरी प्रदेशका मुद्दा, चुनौति, अनुभव र शिक्षा आदान प्रदान गर्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसर को पहिचान गर्न सहयोगी भूमिका निर्वाह गरेको छ ।

अग्रपंतिका स्वास्थ्यकर्मीका लागि प्रशिक्षण पुस्तिकासहित ज्ञान प्रदान गरिएको थियो ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो सार्वजनिक–निजी साझेदारी पहल भएको नबिल बैंकले जानकारी दिएकोछ ।

कोभिड–१९ जस्ता महँमारीको बेला सरकार र नागरिक समाज संगठनको पहललाई सहयोग पुर्याउन निजी क्षेत्रले स्थानीयरुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्ने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।