मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले थप नयाँ साधारण शेयर (एफपीओ) निष्काशन गर्ने भएको छ ।
स्वेडा लघुवित्तलाई प्राप्ती गरेको यस लघुवित्तले संस्थापक साधारण शेयर संरचना अनुपात मिलाउनका लागि एफपीओ जारी गर्न लागेको हो ।
उक्त प्रस्ताव लघुवित्तले आगामी चैत १८ गते आह्वान गरेको दशौँ वार्षिक साधारण सभाबाट पारित हुने भएको छ ।
लघुवित्तले चैत १८ गते, पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे दशौं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश अनुमोदन गर्नेछ । जसअनुसार चुक्ता पूँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँको ९.१९ प्रतिशत (३ करोड ६४ लाख ४४ हजार ८३५ रुपैयाँ) बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४८ प्रतिशत १९ लाख १३ हजार १६५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
सभाले मिर्मिरे लघुवित्त तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
यसका अलवा पूँजीवृद्धि तथा प्रबन्धपत्र तथा नियमावली संसोधन, जग्गा खरीद अनुमोदन र भवन निमार्ण गर्ने, गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, लेखापरीक्षक नियुक्ती, पारिश्रमिक निर्धारण र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभा तथा लाभांश वितरणका लागि लघुवित्तले चैत ८ गते आइतबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत ७ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया