डिजिटल भन्दा नगदमै आर्थिक कारोबार गर्न रुचाउँछन् अधिकांश महिला

0
Shares

पछिल्लो समयमा विभन्न क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रुपमा बढेको भएपनि डिजिटल वित्तीय कारोबार यस्तो हुन सकेको छैन । विश्वका विभिन्न शक्तीशाली पदको जिम्मेवारीमा महिला पुगेको भएपनि डिजिटल वित्तीय कारोबारमा भने अझै पछि देखिएका हुन् ।

नेपालमा मात्र नभई विश्वका अन्य मूलुकमा पनि महिलाहरुले बैंक खाता सञ्चालन गर्ने भएपनि वित्तीय कारोबार गर्दा नगदमानै गर्ने गरेका छन् । पुरुषको तुलनामा महिलाले बचत गर्ने मानिएपनि वित्तीय कारोबार दृष्टिकोणले महिला अझै पनि परिवर्तनशिल हुन नसकेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

हरेक वर्षको मार्च ८ तारिकलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाईन्छ । हरेक क्षेत्रमा महिलाको सहभागिता पनि उत्तिकै बढेको छ । भारतमा भएको पछिल्लो एक अध्ययनले विद्युतीय बैंकिङ कारोबारमा महिला पछि रहेको देखाएको छ ।

भारतमा अझै पनि ६५ प्रतिशत महिला नगदमै आर्थिक कारोबार गर्न रुचाउने गरेको अध्ययनले देखाएको छ । पे निअर बाइले गरेको एक अध्ययनका अनुसार अधिकांश महिला नगद कारोबार गर्न रुचाउने देखाएको हो । डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा महिलाको रोजाईमा आधार पे रहेको छ ।

डिजिटल माध्यमबाट भुक्तानी गर्नेमा ३१ देखि ४० वर्षसम्मका महिला रहेका छन् । अध्ययनका अनुसार यो उमेर समूहका महिलाले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्षम रहेको देखिएको हो । सर्वेमा सहभागी ७५ प्रतिशत खुद्रा बिक्रेताका अनुसार यो उमेर समूहका करिब ५८ प्रतिशत महिलाले डिजिटल रुपमा वित्तीय कारोबार गर्ने गरेको देखिएको हो । त्यसका साथै २० देखि ३० वर्ष उमेर समूहका महिलाले डिजिटल वित्तीय कारोबार गरेको देखिन्छ । विशेष गरी सहरी क्षेत्रमा करिब २५ प्रतिशत महिला ग्राहक २० देखि ३० साल उमेर समुहका रहेको पाइएको हो ।

महिला डिजिटल इण्डिपेन्डेन्स सूचक शिर्षकमा जारी भारतको रिटेल आउटेलमा महिलाको वित्तीय कारोबारको विषयमा जानकारी दिइएको छ । यो अध्ययन कम्पनीले देशका ३ हजार ५ सय भन्दा धेरै रिटेल स्टोरका ग्राहकहरुमा गरेको सर्वेका आधारमा तयार परिएको हो । रिटेल आउटलेटमा महिलाले गरेको वित्तीय कारोबारलाई आधार मानि यो अध्ययन प्रतिवेदन तयार पारिएको हो ।

अध्ययन अनुसार नगद कारोबार सबै भन्दा धेरै रुचाईएको छ । तरपनि विभिन्न उमेर समूहका महिलाहरुले ५ देखि १५ प्रतिशतले आधार पे, यूपीआई वा डेबिट कार्ड प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । रिटेल टच प्वाइन्टस् मार्फत महिलाहरुले नगद झिक्ने, मोबाइल रिचार्ज गर्ने तथा घरायसी बिलको भुक्तानी गर्ने गरेको पाइएको छ । यस्तो लेनदेन पनि ३१ देखि ४० वर्ष उमेर समुहका महिलाले ४५ प्रतिशत र २० देखि ३० वर्ष उमेर समूहका महिलाले २५ प्रतिशत मात्र गरेको देखिन्छ ।

अध्ययनका अनुसार ७६ प्रतिशत भन्दा धेरै महिलाले आफ्नो बैंक खाता खाफै सञ्चालन गरेको देखाएको छ । तर यसरी सञ्चालन भएका बैंक खाता नगद झिक्न तथा जम्मा गर्न मात्र प्रयोग हुने गरेको अध्ययनले देखाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।