फागुन महिनामा मात्रै खुले ३ लाख ७६ हजार डिम्याट खाता

0
Shares

शेयर बजारमा आएको सुधार र सार्वजनिक निष्काशनमा समेत आएको वृद्धिले शेयर बजारमा सर्वसाधारणको सहभागिता उच्चदरमा बढेको छ।

शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । पछिल्लो एक महिना अर्थात फागुन महिनाभरीमा मात्रै पौने चार लाख डिम्याट खाताहरु थपिएका छन् । यसबाट पनि शेयरबजारमा दैनिक नयाँ लगानीकर्ताहरु प्रवेश गरेको प्रष्ट्र हुन्छ ।

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीका अनुसार फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ पुगेको छ । जबकी गत माघ ३० गतेसम्म २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता खुलेका थिए । एक महिनाको अवधिमा ३ लाख ७६ हजार डिम्याट खाता खोलिएका हुन्।

पछिल्लो समयमा हातखाली नहुनेगरी नेपाल रिइन्स्योन्स कम्पनी र निफ्राले ठूलो परीमाणमा आइपीओ जारी गरेकाले पनि डिम्याट खाताखोल्नेहरु ह्वात्तै बढेका हुन् । साथै आइपीओ निष्काशनको पाइपलाइनमा समेत नयाँ नयाँ कम्पनीहरु थपिँदै गएका छन् । यसले पनि शेयरप्रति सर्वसाधारणको रुची बढाएको छ । अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ । पछिल्लो पटक खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए । 

साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ ।जसलेगर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ ।

नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २८ फागुन २०७७, शुक्रबार  १३ : ५३ बजे